आज–१३ माघ २०७६ सोमवारको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामान हराउने वा चोरी हुने भयछ । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्याले सताउन सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम सम्बन्ध कसिलो होला । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)( आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोवारमा मन्दी आउनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सानातिना बाधा–अड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कसैसित कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस्