प्रधानसेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथी उपाधि



काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

 

भारत भ्रमणमा रहेका थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले एक समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरे।भारतीय सेना प्रमुख र नेपालका सेना प्रमुखलाई दुवै देशले मानार्थ महारथीको दर्ज्यानी चिन्ह दिने परम्परा रहि आएको छ।

 

प्रधानसेनापति शुक्रबारदेखि एक हप्ता लामो भारत भ्रमणमा छन्। प्रधानसेनापतिको नियुक्ति पश्चात् उनको यो पहिलो भारत भ्रमण हो।

 

भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा साउथ वेस्टन कमाण्ड जयपुर र सेन्ट्रल कमाण्ड लखनऊको भ्रमण गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्