तरुण दलले गर्‍यो आन्दोलनको घोषणा



काठमाडौं : कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ।

 

तरुण दलको शुक्रबार बसेको बैठकले सरकार जनविरोधी काम गर्न उद्यत भएको भन्दै माघ ८ देखि चरणबद्ध आन्दोलनमा जान निर्णय गरेको दलका महासचिव भूपेन्द्रजंग शाहीले बताए।

 

माघ ८ मा विराटनगर, ९ मा जनकपुर, १० गते हेटौंडा, ११ गते पोखरा, १२ गते भैरहवा, १३ गते सुर्खेत र १४ गते धनगढीमा विरोध जुलुस र सभा आयोजना गर्ने बैठकपछि दलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

सरकार निर्मला पन्तको हत्यारा जोगाउन लागेको, वाइडबडीसहित अन्य प्रकरणमा व्यापक भ्रष्टाचार गरेको र लोकतन्त्रलाई नै कमजोर बनाउने गरी लागिपरेको उसको आरोप छ।

प्रतिक्रिया दिनुहोस्