छोरीसहित चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन



न्यूयोर्क : चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन भएको छ ।

लिफोर्नियाको क्यालाबास शहरमा भएको हेलिकप्टर दुर्घटनामा ४१ वर्षीय ब्रायन्ट र उनकी १३ वर्षीया छोरी जियानासहित ९ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार ४१ वर्षिय ब्रायन्टसहित ९ व्यक्ति सवार निजी हेलिकप्टर लस एन्जल्स काउन्टी शेर्रिफ नजिकै खसेपछि त्यसमा ठूलो विस्फोटसहित आगलागी भएको थियो। दुर्घटनामा कोही पनि जीवित नभएको समाचारमा जनायएको छ।

दुर्घघटना त्यहाँको स्थानिय समय अनुसार बिहान १० बजे भएको थियो। पाँच पटक एनबिए च्याम्पियन रहिसकेका ब्रायन्टलाई बास्केट बल इतिहासकै महान खेलाडीमध्येको एक मानिन्छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्