एक अर्कालाई आँखा मार्दै विराज र निकिता (भिडियो)



काठमाडौं : विराज भट्टको नयाँ चलचित्र ‘साङ्लो’को दोश्रो गीत सार्वजनिक भएको छ । निशान भट्टराई र अन्जु पन्तको स्वर ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा सुरेश अधिकारीको संगीत र निशानकै शब्द रहेको छ छ । डान्सिङ नम्बरमा तयार पारिएको यो गीतमा नायक विराज भट्ट र नायिका निकिता चाण्डकको जोडी सुहाएको छ ।

चलचित्रमा विराज र निकिताको साथमा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतका कलाकारको अभिनय छ । विराज भट्टकै निर्देशनमा तयार भएको यो चलचित्रमा शिवम् अधिकारीको कथा, मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन र अर्जुन जीसीको सम्पादन रहेको छ । ट्रेलरलाई दर्शकले रुचाइसकेका छन् भने चलचित्र माघको २४ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्