गायिका आस्था राउत पक्राउ



काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच गर्ने क्रममा विवादमा तानिएकी गायिका आस्था राउतलाई आज (सोमबार) पक्राउ गरेको छ ।

यही माघ १ गते विमानस्थलमा सुरक्षा जाँचका विषयलाई लिएर महिला प्रहरी रमिता श्रेष्ठ र गायिका राउतबीच विवाद भएको विषयलाई गायिका राउतले नै भिडियोसहित सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । यससँगै विवादमा तानिएकी राउतका विषयमा महिला प्रहरी श्रेष्ठले मुख खोल्दै राउत विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा अभद्र व्यवहार विरुरद्ध उजुरी दिएकी थिइन् ।

पहिले आफूमाथि अमर्यादित व्यवहार भएको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी राउतले पछिल्लो पटक भने आफूलेनै गल्ति गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफि माग्दै आएकी छन् ।

महिला प्रहरी श्रेष्ठले दिएको उजुरीको आधारमा गायिका राउतले महानगरीय प्रहरी परिसर काठमाडौंले सोधपुछका लागि बोलाएको थियो । प्रहरीले बोलाएपछि प्रहरी परिसर पुगेकी राउतलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्