भोजपुरी गीत ‘हमनिके भागिया’मा केकी



काठमाडौं : चर्चित नायिका केकी अधिकारीले भोजपुरी गीतमा अभिनय गरेकी छिन् । धेरै म्युजिक भिडियोमा देखिने केकीलाई अब भोजपुरी गीतका म्युजिक भिडियोमा पनि देख्न पाइने भएको छ ।

भोजपुरीकी चर्चित गायिका इन्दु सोनालीको नयाँ गीत ‘हमनिके भागिया’को म्युजिक भिडियोमा अभिनेत्री केकीले मोडलिङ गरेकी छन् भने उनीसँगै विजय यादव निर्बिजको समेत अभिनय रहेको छ ।

उपेन्द्र सहानीको शब्द, शिखर सन्तोषको संगीत रहेको गीतको म्युजिक भिडियोमा केकीलाई उतार्ने काम निर्देशक पुर्णेन्द्रु झाले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्