यी हुन ९ घण्टा बत्ती जाने ठाउँहरु



काठमाडौं : अहिले झ्याप्प झ्याप्प बत्ति जाने गरेको छ । यसरी बत्ती जाने भईरहँदा सेवाग्राहीहरु अप्ठेरोमा परेका छन् । तथापी यो बत्ति यसरी जानुको कारण चाही सडक बिस्तारका कारण रहेको छ ।

विद्युत प्राधिकरणका अनुसार चक्रपथ विस्तारको लागि रुख काट्ने काम भैरहेकाले बत्ती गईरहेको हो । आज सोमबार पनि बिहान ७ देखि दिउँसो ४ बजेसम्म महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित बिजुलीको लाइन काटिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यसरी बत्ती जान थालेपछि सेवाग्राहीहरु हैरानीमा परेका छन् । तथापी प्राधिकरणले चक्रपथ विस्तारका कारण केही समयसम्म यस्तो अवस्था रहने बताएको छ ।

प्राधिकरणका अनुसार अहिले बसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोङ्गबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल आसपासको क्षेत्रमा बत्ती गएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्