बाँफीकोट गाँउपालिकाको वडा कार्यालयमा आगजनी



रुकुम पश्चिम : रुकुम पश्चिम जिल्लाको बाँफीकोट गाँउपालिका–९ स्थित वडा कार्यालयमा आइतबार राति अज्ञात समूहले आगजनी गरेको छ ।

अज्ञात समूहले वडा कार्यालय तोडफोड गर्नुका साथै कार्यालयमा रहेका कम्प्यूटर, प्रिन्टर, क्यामरा र रसिदलगायत सामान जलाएको प्रहरीले जनाएको छ ।

कार्यालयको सामाग्री कोठाबाहिर निकालेर आगो लगाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी ठगबहादुर केसीले बताए । आइतबार राति करिब १० बजे तिर वडा कार्यालयको सामान जलिरहेको प्रहरीले जनाएको छ ।

वडा कार्यालयका फर्निचर, कुर्सी शोफासेटका साथै तीन वर्षदेखिका महत्वपूर्ण कागजात जलेर नष्ट भएको वडाध्यक्ष कविराम खत्रीले बताएका छन् ।

आगजनीबाट वडा कार्यालयको अनुमानित तीन लाख बराबरको सामाग्री क्षति भएको उनको भनाइ छ । उनका अनुसार अज्ञात समूहले कार्यालयका सामाग्रीहरू कोठाबाहिर निकालेर आगो लगाएको छ । वडा कार्यालयको सामान जलिरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए ।

वडा कार्यालयको सामाग्री कसले, किन जलाएको नखुलेको र अनुसन्धान भइरहेको डीएसपी केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्