कैलाली उद्योग वाणिज्य संघको चुनावमा ८४ प्रतिशत मत खस्यो



कैलाली : कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । 

 

बिहान ८ः३० बजेदेखि सुरु भएको मतदान ४ः३० बजे सकिएको हो । निर्वाचन समितिकाअनुसार २ हजार ७ सय ४ मतदाता रहेकोमा २ हजार २ सय ६१ मत खसेको छ ।

 

यो कुल मतदाताको झण्डै ८४ प्रतिशत हुन जान्छ । मतदान सकिएपछि मत गणनाका लागि केहीबेरमा बैठक बसेर आजदेखि नै मतगणना सुरु हुने संयोजक यादव भण्डारीले बताए ।  

कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन् । वर्तमान महासचिव रुपेश स्वाँर, कोषाध्यक्ष पुष्पराज कुँवर र सदस्य डिल्लीराज अवस्थीका प्यानल चुनावी मैदानमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्