महामारीकै रुपमा १२ मुलुकमा फैलियो कोरोनाभाइरस, यस्तो छ नेपालको तयारी



काठमाडौं : चीनबाट शुरु भएको कोरोना भाईरस १२ वटा विभिन्न देशमा फैलिएको छ । निकै आक्रामक रुपमा देखिएको कोरोना भाईसका कारण चीनमा मात्रै ८० जनाकोे ज्यान गईसकेको छ ।


चीनको छिमेकी देशका रुपमा रहेको नेपालमा यो भाईरस हालसम्म देखा परेको छैन । तथापी उच्च जोखिममा रहेको छ । यसकारण स्वास्थ्यमन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हेल्पडेस्क राखेर अनुगमन शुरु गरिसकेको छ । प्राण घातक मानिएको यो भाइरसका कारण चीनसहित अन्य दशभन्दा बढी मुलुकका नागरिकहरुमा यसको संक्रमण फैलिएको अन्र्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

छिमेकी देश चीनमा हालसम्म सात हजारभन्दा बढी मानिसमा यसको संक्रमण फैलिएको चिनीयाँ अधिकारीहरुले बताएका छन् । पछिल्लो तथ्याङ्क अनुसार चीनमा दुई हजार ७४४ जनामा कोरोना भाइरसको नयाँ संक्रमणको आशंका गरिएको छ ।

हालसम्म उपचारको लागि कुनै औषधी फेला नपरेको यो भाइरसले संक्रमितमध्ये ४६१ जनाको अवस्था चिन्ताजनक रहेको बताईएको छ। अन्य पाँच हजार ७९४ जनालाई भने स्वास्थ्यकर्मीको निगरानीमा राखिएको बताईएको छ ।

यो भाइरसको संक्रमण थाइल्याण्ड, अस्ट्रेलिया, हङकङ, जापान, मकाउ, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, ताइवान, अमेरिका, भियतनाम र नेपालमसम्म फैलिएको बताईन्छ । तथापी नेपालमा यो भाइरस देपिखसकेको छैन ।

भाइरसको त्रास नेपालमा पनि बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा सजकता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यस विषयमा आवश्यक सजकता अपनाउने गरी व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संभावित खतराबाट जोगाउन विभिन्न साबधानीहरु अपनाउँदै सम्बन्धित निकायलाई परिचालन गरेको छ । यस्तै भाइरसको आक्रमणबाटा नेपालीहरुमाथि हुन सक्ने खतरालाई मध्यनजर गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनमा रहेका नेपालीहरुको अवस्थाबारे अपडेट गर्नका लागि चीनका लागि नेपाली राजदूत लिलामणी पौडेललाई निर्देशन दिएका छन् ।

यसका साथै नेपाल सरकारले चीनबाट नेपाल आउने पर्यटकहरुको चेकजाँचका लागि विमानस्थलमै डेस्क तयारी काम शुरु गरिसकेको छ । त्यस्तै जाँच्नका लागि उपकरणको तयारी समेत गरिसकेको छ ।

यसका सँगै अन्यदेशबाट आउने पर्यटकहरुलाई छुट्टै चेकजाँचको व्यवस्था गरिएको छ । यो रोगको संक्रमणसँगै नेपालमा हुनसक्ने खतारालाई मध्यनजर गर्दै नेपाल सरकारले अहिले उच्च सतर्कता अपनाएको हो ।

प्रतिक्रिया दिनुहोस्