‘ए’ डिभिजन लिग : एपीएफलाई पराजित गर्दै पुलिसको जित



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको नवौं चरणको पहिलो खेलमा पुलिसले १–० गोल अन्तरले पराजित गरेको हो। पुलिसलाई जित दिलाउन खेलको १३ औं मिनेटमा कप्तान भोला नाथ सिलवालले पेनाल्टीमा गोल गरे।

यस जितसँगै पुलिसले ९ खेलबाट १४ अंक जोडेको छ भने एपिएफ ५ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्