ठूलो मात्रामा लागूऔषधसहित एक पक्राउ



विराटनगर : मोरङको विराटनगर महानगरपालिका १२ बाट ठूलो परिणामको लागूऔषधसहित एक जना पक्राउ परेका छन् । 

 

सीमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपलिका १५ का ४५ वर्षीय दीप बस्नेतलाई तीन सय ८४ ट्याब्लेट स्पास्मोप्रोक्सिवन र दुई बोतल डाईलक्स डिसीसहित पक्राउ गरेको हो । 

 

को३प ८७४१ नम्बरको मोटरसाइकलमा सवार बस्नेतलाई रोकी चेकजाँच गर्ने क्रममा बस्नेत मोटरसाइकलको हेल्मेटभित्र  लुकाईछिपाई राखेको उक्त परिणामको लागूऔषध बरामद गरिएको हो ।

 

 लागूऔषधसहित पक्राउ परेका बस्नेतलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्