रातो कार्पेटमा प्रियंका चोपडाको ‘बोल्ड लुक्स’



एजेन्सी : अमेरिकाको लस एन्जेलिस मा सम्पन्न ६२ औं ग्र्यामी अवार्डमा बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउड गायक निक जोनससँग सहभागी भएकी थिइन् ।

यसै दौरान प्रियंका चोपडा रातो कार्पेटमा ग्ल्यामरस अवतारमा देखिइन् । उनले डिजाइनर राल्फ रुसोको गाउन लगाएकी थिइन् ।

गाउनको नेकलाइन निकै डिप थियो । उनले गाउनसँग स्टेटमेन्ट इयररिङ लगाएकी थिइन् । यसका साथै नाइटो पनि रिङ लगाएकी थिइन् । उनका पति निक पनि गोल्ड सूटमा निकै क्लासी देखिएका थिए । प्रियंकाले उक्त तस्बिरहरु इन्स्टाग्राममा पनि सेयर गरेकी छिन् ।

View this post on Instagram

This guy. #Grammys2020

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

प्रियंकाको लुक्सलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रकारका प्रतिक्रिया आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्