रसुवागढी नाकाबाट १ करोडको सुनसहित ६ जना पक्राउ



रसुवा : रसुवागढी नाकाबाट एक करोड ६० लाख मूल्य बराबरको सुनसहित ६ जना पक्राउ परेका छन् ।

सोमबार रसुवागढीबाट काठमाडौं जान लागेको ना १ झ ३५४२ नम्बरको टाटासुमोमा लुकाएर लैजान लागिएको साढे दुई किलो सुन पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शेर्पा, २३ वर्षीय सुप्पा लामा, ३५ वर्षीय सुवास तामाङ, १९ वर्षीय साङा शेर्पा र चालक दोलखाको तामाकोशी गाउँपालिका–५ का २३ वर्षीय तुलनारायण श्रेष्ठ रहेका छन्।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार सो सुनको मूल्य करिब १ करोड ६० लाख रुपैयाँ पर्दछ।

प्रतिक्रिया दिनुहोस्