अफगानिस्तानमा यात्रुवाहक विमान दुर्घटना



एजेन्सी : पूर्वी अफगानिस्तानमा एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

विमानमा कति यात्रु सवार थिए र कति जनाको ज्यान गयो भन्ने कुराको कुनै पनि जानकारी प्राप्त नभएको बीबीसीमा उल्लेख गरिएको छ ।

एक प्रान्तका प्रवक्ताले स्थानीय मिडियालाई दिएको जानकारी अनुसार गन्जनी जिल्लाको डेह याकमा विमान दुर्घटना भएको छ । दुर्घटनास्थल राजधानी काबुलको दक्षिण पश्चिम क्षेत्रमा भएको हो ।
विस्तृत विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्