‘ए’ डिभिजन लिग : थ्री स्टारलाई हराउँदै मछिन्द्रको जित



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारलाई पराजित गर्दै मछिन्द्रले जित हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा थ्री स्टारलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थान उक्लिएको हो।

मछिन्द्रको जितमा रेजिन सुब्बा र विशाल राईले एक एक गोल गरे । जितसँगै मछिन्द्रले ९ खेलमा १९ अंक जोडेको छ भने थ्री स्टारले ९ खेलमा १४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्