नेपाली चलचित्र ‘२ नम्बरी’ निर्माणको घोषणा



काठमाडौं : नेपाली चलचित्र ‘२ नम्बरी’ निर्माणको घोषणा गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त फिल्म निर्माणको घोषणा गरिएको हो ।

सामाजिक कथाबस्तुमा आधारित चलचित्रमा अभिनेता दयाहाङ राई, पल साह, वर्षा राउत र बुद्धि तामाङको मुख्य भूमिका रहनेछन् ।

निर्देशक दीपेन्द्र लामाको निर्देशन रहने उक्त चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली रहेका छन् ।

निर्माण कम्पनी रेड वर्ड प्रोडक्सन र आरआएर फिल्म प्रोडक्सनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा रहेका छन् । चलचित्रको कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्