आईसीसी बरीयतामा एक स्थानमाथि उक्लिए कप्तान पारस खड्का



काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को टी–२० क्रिकेट अन्तर्गत नेपालका कप्तान पारस खड्काले बरीयतामा एक स्थान सुधार गरेका छन् । 

 

आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ बरीयतामा पारसले एक स्थान सुधार गर्दै ९६औं स्थानमा उक्लिएका हुन् । पारस अघिल्लो महिना ९७औं स्थानमा थिए । पारस अलराउन्डरतर्फको बरीयतामा ४२ औं स्थानमा यथावत् छन् ।

 

आईसीसी बरीयतामा नेपालका सोमपाल कामी बलरतर्फको बरीयतामा एक स्थान तल झरेका छन् । अघिल्लो महिनामा ९२औं स्थानमा रहेका सोमपाल नयाँ वरीयतामा ९३ औं स्थानमा झरको हुन् ।

 

उनी अल राउन्डरतर्फ ६४औं स्थानमा यथावत छन् । बलरतर्फ अर्का खेलाडी वसन्त रेग्मी ७४औं स्थानमा यथावत् छन् । आईसीसीले बरीयतामा नेपालको टी–२० क्रिकेट मात्रै समावेश छ ।

प्रतिक्रिया दिनुहोस्