वीरगन्जबाट करोडौं लिएर फरार प्राइम सहकारीका सञ्चालक अझै पक्राउ परेनन्



वीरगन्ज : वीरगन्जबाट करोडौं लिएर फरार प्राइम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अझै पक्राउ परेका छैनन् ।

फरार भएको एकबर्ष वित्नलाग्दा पनि पर्सा प्रहरीले संचालक समितिका सदस्य पक्राउ पर्न सकेका छैनन् ।

संस्थाका संचालक समितिका सदस्यहरु स्थानिय १४ सय जनाले संस्थामा जम्मा गरेको करिब १० करोड रुपैयाँ लिएर फरार भएका थिए ।

सोमबार सहकारीबाट ठगिएका स्थानियले नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्मेलनको आयोजना गरी फरार पटेलसहित संचालक समितिका पदाधिकारीलाई पक्राउ गरी आफनो रकम असुल उपर गराउँन आग्रह गरे ।

पत्रकार सम्मेलनमा वीरगन्ज–१६ इनरुवाका लालदेव यादवले ठगी गर्ने सहकारी संस्थालाई पर्सा प्रहरीले अहिले सम्म पक्राउ नगरेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्