प्रहरी हिरासतमै रहने भइन् गायिका राउत



काठमाडौं : गायिका आस्था राउत प्रहरी हिरासतमै बस्ने भएकी छिन् । उनलाई एक दिन प्रहरी हिरासतमै राख्ने भएको हो ।

महानगरी प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले आजै सबै टुङ्याउने तयारी गरेको भए पनि समय अभावका कारण उनलाई एकदिन हिरासतमा राखिने जानकारी दिएका छन् ।

उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने चार दिन हिरासतमा राख्ने अनुमति दिएको थियो ।

उनले भोलि कार्यालय समयपछि सरकारी वकिल कार्यालयमार्फत राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराईने र भोलि नै मुद्दा टुङ्याउने पहल गरिने जानकारी दिए ।

भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ ।

उनले सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भन्दै प्रहरीले पनि उक्त विषयमा अनुसन्धान सुरु गरेको थियो ।

विमानस्थलमा खटिएकी प्रहरी जवानले उनीविरुद्ध जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्