पार्टीले दिएको जिम्मेवारीअनुसार पुरानै काममा फर्कन्छु : डा तुम्बाहाम्फे



चरिकोट : पूर्वउपसभामुख डा शिवमाया तुम्वाहाम्फेले पार्टीले दिएको जिम्मेवारीअनुसार अब पार्टीको पुरानै काममा फर्कने बताएकी िछन ।

दोलखा आएका पूर्वउपसभामुख तुम्वाहाम्फेले आज चरिकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुखमा राजीनामा दिएसँगै अब पार्टीले दिएको जिम्मेवारीअनुसार पार्टीको काममा लाग्ने बताइन ।

आफू उपसभामुख रहँदा पार्टीको गतिविधिमा सहभागिता नभए तापनि लामो समयदेखि पार्टीको विभिन्न जिम्मेवारी लिइ काम गरेको अनुभव रहेको र पुनः पार्टीले दिएको जिम्मेवारीअनुसार आफू काम गर्न तयार रहेको उनले बताइन । रासस

प्रतिक्रिया दिनुहोस्