डिएसपी हुँ भन्दै १४ दिनसम्म फरक-फरक युवतीसँग शारीरिक सम्बन्ध



काठमाडौं : भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापाले नेपाल प्रहरीको बहालबाला डिएसपी भीमकिरण बोगटीको परिचय दुरुपयोग गरेको पाइएको छ । युवतीसँग शारीरिक सम्बन्ध राख्ने उद्देश्यका लागि थापाले यस्तो हर्कत गर्ने गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले बिहीबार पुतलीसडकस्थित तिरुपति होटेलबाट पक्राउ गरेपछि थापाको कर्तुत खुलेको हो । थापालाई महानगरिय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले तिरुपति होटलको कोठा नम्बर २०३ बाट पक्राउ गरेको हो ।

१४ दिनदेखि उनी डिएसपी बोगटीको परिचयमा होटेलमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनको कोठामा प्रत्येक दिन फरक–फरक युवती आउने जाने गर्थे । अनुसन्धानका लागि उनीहरुलाई बोलाएको भनेपछि होटेलबालाले यस विषयमा चासो दिएको थिएन ।

श्रीमतीसँग सम्बन्ध विग्रिएपछि थापाले यो कर्तुत गरेको अनुसन्धानबाट खुलेको महानगरिक प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्