तीन ट्रक एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु



रुपन्देही : तीनवटा ट्रक एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हनेमा नवलपरासीको पालिनन्द गाउँपालिका ४ का लालु कुर्मी र भविकन कुर्मी तथा सुनसरीको चतराका पूर्णबहादुर भुजेल रहेका छन् ।

भैरहवाबाट परासीका लागि छुटेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीबाट भैरहवातर्फ जाँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्कबहादुर खत्रीले बताए ।

बिहान बाक्लो कुहिरो लागेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्