ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु



सुर्खेत : सुुर्खेतको वीरेन्द्रनगरमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

आज (मङ्गलबार) बिहान ट्रिपरले ठक्कर दिँदा कालिकोट महावै गाउँपालिका ३ का २० वर्षीय केशर सिंहको ज्यान गएको हो । सिंह सवार भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । सिंहलाई ट्रिपरले किचेर झण्डै २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले ट्रिपर र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिए । सिंहका आफन्तले अहिले जुम्ला सडकको यरिचोक र गौतम चोकमा आर्कोशित हुुँदै टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्