नेपाली डाक्टर भारतमा पाँच महिनादेखि तलबविहीन



काठमाडौं : भारतका सरकारी संस्थानमा चिकित्साशास्त्रमा एमडीरएमएस, डीएमरएमसीएच गर्ने रेजिडेन्ट नेपाली चिकित्सकले सेप्टेम्बेरदेखि पाउनुपर्ने स्टाइपेन्ड (मासिक तलबभत्ता) पाएका छैनन् । 

स्टाइपेन्ड नपाउँदा करिब १५६ जना नेपाली चिकित्सक बिचल्लीमा परेका छन् । लामो कानुनी लडाइँपछि भारतको केन्द्र सरकारले विदेशी विद्यार्थीलाई भारतीय सरह स्टाइपेन्ड दिने निर्णय गरेको थियो । 

भारतमा चिकित्साशास्त्र उच्च शिक्षाअन्तर्गत विदेशी कोटामा पढ्नेमा अधिकांश नेपाली विद्यार्थी हुने गरेको छ । उनीहरुले प्रतिमहिना पाउनुपर्ने करिब ८० हजारदेखि एक लाखसम्म भारु नपाएको बताएका छन् । 

अविलम्ब स्टाइपेन्ड रकम सुचारु गरिदिन नेपाल र भारतका स्वास्थ्य र विदेशमन्त्रीसँग आग्रहसमेत गरेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्