ए डिभिजन लिग : शेर्पालाई हराउँदै सरस्वतीको जित



काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै सरस्वती क्लबले जित हात पारेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा शेर्पालाई ४–३ गोल अन्तरले जित हात पारेको हो।

सरस्वतीको जितमा काजिम बुसारीले दुई गोल गरे चने विनोद केसी र मनिष थापाले एक एक गोल गरे। शेर्पाका आशिष गुरुङ, रबि थापा मगर र विजय श्रेष्ठले एक एक गोल फर्काए । जितसँगै सरस्वतीले ९ खेलमा ४ अंक जोडेको छ भने शेर्पा ९ खेलमा ७ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्