दलित र बोटेमाझीलाई घर



पाल्पा : दलित तथा बोटेमाझी घर पाएपछि खुशी बनेका छन् । शहरी विकास तथा भवन कार्यालय पाल्पाका सूचना अधिकारी घनश्याम सुवेदीले जनता आवास कार्यक्रम मार्फत आठ सुरक्षित आवास निर्माण सम्पन्न भएको जानकारी दिए ।

पूर्वखोला गाउँपालिकाको सिलुवा, निस्दी गाउँपालिकाको गल्धा र रामपुर नगरपालिकाको दर्छामा ती समुदायका लागि कार्यालयले घर निर्माण गरिदिएकोे हो । सिलुवा र गल्धामा दलित र दर्छामा बोटे माझी समुदाय बसोबास गर्दछन् ।

पूर्वखोला गाउँपालिका–१ सिलुवाका डोलबहादुर नेपालीले सुरक्षित घर पाएपछि खुशी व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्