भोलीदेखि रसुवा नाका १५ दिन बन्द हुने



रसुवा : कोरोना भाइरसको प्रकोप बढेसँगै नेपालबाट चीन छिर्ने महत्वपूर्ण नाकाको रुपमा रहेको रसुवागढी नाका भोली बुधबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । आज मंगलबार नेपाली तथा चिनियाँ अधिकारीबीच बैठक बसी १५ दिनका लागि नाका बन्द गर्ने सहमति भएको हो ।

दुईपक्षीय बैठकले कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुंगाहरू खस्ने भएकाले दुर्घटना हुनसक्ने र ल्होसार पर्वको कारण नाका बन्द गर्न लागेको जानकारी दिएको छ ।

आज बिहान रसुवागढीमा बसेको बैठकमा नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारी उपस्थित थिए । भोलीदेखि नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) लिएका रसुवाका नागरिक पनि केरुङ जान नपाउने रसुवाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । उनका अनुसार चाइना पास भएका व्यक्ति नाका पारीसम्म मात्र जान पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्