संसद बैठकलाई सम्बोधन गर्दै ओलीले भने – ‘केही धक्काका संकेतहरु मिलेका छन्’



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै नयाँ वर्ष २०२० को सुरुवातमै केही प्राकृतिक धक्काका संकेतहरु मिलेको भन्दै यसलाई सावधानी पूर्वक सामना गर्नुपर्ने बताएका छन् ।

तर उक्त धक्का कस्तो र के हो भन्ने विषय भने खुलाएका छैनन् । प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै सुशासन र विकासलाई सँगसँगै अघि बढाउनु पर्ने आवश्यक्ता रहेको पनि औल्याएका छन् ।

त्यस्तै बहुचर्चित एमसीसीका विषयमा आफ्नो धारणा राख्दै यसलाई संसदले पाुस गर्नुपर्ने कुरामा जोड दिए । उनले एमसिसीले विभिन्न चरण पार गरिसकेको बताउँदै ६ सातजना प्रधानमन्त्रीको कार्यकाल पार गरिसकेको र अहिले संसद् समक्ष अनुमोदनका लागि प्रतिक्षा गरिरहेको एमसिसी पारित गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले एमसीसीलगायतका विषयप्रति संकेत गर्दै भने –‘विभिन्न अहिले चर्चामा रहेका विषय र हामीले गर्नुपर्ने काम र तत् समयमा नेपाल सरकारले गर्नुपर्ने कामहरु बारे छुट्टै समय लिएर राख्ने छु ।’

प्रतिक्रिया दिनुहोस्