सांसद वली भन्छिन्,‘आस्था राउतलाई थुनामा राख्नु गलत’



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद कोमल वलीले गायिक आस्था राउतलाई थुनामा राख्नु गलत भएको बताएकी छिन् ।

मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै वलीले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत भएको बताएकी हुन् ।

राउतको मुद्दामा भागेर जाने, बाहिर राख्दा प्रमाण नष्ट हुने, गम्भीर खालका अपराध गरेको र तीन वर्षभन्दा बढी कैद हुने अवस्थामा नरहेकोले थुनामा राख्न नमिल्ने भन्दै सांसद वलीले राउतको पक्षमा वकालत गरेकी छिन् ।

सांसद वलीले राउतले गाली गलौज नगरेको, अपशब्द पनि प्रयोग नगरेको भन्दै कानुनले जे जे गर्न हुँदैन भन्छ त्यही गरिएको आरोप लगाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्