एक युवकको केटी बन्ने सपना पूरा भएपछि…



एजेन्सी : ज्याज जेनिंग्स अमेरिकन युट्युव व्यक्तित्व, प्रवक्ता, टेलिभिजन व्यक्तित्व र एलजीबीटी अधिकार कार्यकर्ता हुन् । ट्रान्सजेन्डर स्टार ज्याज जेनिंग्सले आफ्नो लिंग परिवर्तनका चरणहरु पूरा गरेकी छन् । ‘आइ एम ज्याज’नाम गरेको कार्यक्रमको नयाँ एपिसोडमा ज्याज जेनिंग्स साथीहरुसँग समुन्द्री सतहमा गर्वका साथ कालो र सेटो स्विमसुटमा रमाइरहेकी छन् ।

केटी बन्नु उनको पुरानो सपना हो । यो सपना उनले २ वर्षको उमेरदेखि देख्न थालेकी थिइन् । लिंग परिवर्तन प्रक्रिया सफल भएपछि १८ वर्षीया ज्याजले पहिलो पटक स्विमिग सुट लगाउन पाएकी छिन् । डर लाग्दो शल्यक्रिया र गाह्रो उपचारपछि पुनः आफ्नो जीवन खुशीसाथ बाँच्न सक्नु उनको लागि चुनौतीको विषय हो ।

‘हेर मसँग योनी छ,’ जेनिंग्स गर्वका साथ भन्छिन् । समुन्द्री सतहमा जान पाँउदा मलाई निकै खुशी लाग्छ र अबदेखि पौडी खेल्दा मैले स्विमङसुट मजाले लगाउन सक्छु ।

जेनिंग्सलाई डियराफिल्ड फ्रन्ट पार्कमा पानीमा घुम्दै गरेको देखाइएको थियो । समुन्द्री किनारमा महिला साथीसँग उनी रमाउँदै थिइन् । उनी हालै न्यूयोर्कको यात्राबाट फर्किएकी छिन् । न्यूयोर्कमा उनले शल्य चिकित्सक र प्रेमी आहिर स्टीवर्डलाई भेटेकी थिइन् ।

समुन्द्री सतहमा धेरै आर्कषक व्यक्तिहरु रमाइलो गरिरहेका छन् । उनी आफ्ना साथीहरुलाई सोध्छिन्, ‘मेरो प्रेमी हुँदाहुदै म अरु केटालाई हेर्दैछु, के यो खराब हो ?’ उनी सेवार्डसँगको सम्बन्धको लागि आफ्ना साथीहरुसँग सल्लाह पनि माग्छिन् ।

‘आइ एम ज्याजुले २०१५ देखि नै जेनिंग्सको जीवन कहानी पछ्याउँदै आएको छ । यसले दर्शकलाई ट्रान्सजेन्डर युवाको काँधमा ‘टिपिकल टीन ड्रामाुको यात्रा गर्न अन्तरदृष्टि प्रधान गर्छ । कार्यक्रमले युवा ट्रान्स बच्चाहरुलाई उनीहरुको वास्तविकता अंगाल्न प्रेरणा दिएकोमा व्यापक प्रशंसा प्राप्त गरेको छ ।

रियालिटी टिभी कार्यक्रमको नँया सिजनले उनको जीवनको शल्यक्रियापछि सामाजिक जीवन, सम्बन्धहरु र महिलाका रुपमा पहिलो अनुभव जस्तै महिलाको कपडा किन्ने जस्ता विषय दर्शकहरु माझ देखाएको छ । उनको पहिलो सम्बन्धको यात्रा र समुन्द्रको किनारमा साथीसँगको कालोसेतो स्विमसुटमा रमाउँदाको पललाई कैद गरेको छ ।

जेनिंग्सले गत गर्मी महिनामा शल्यक्रियापश्चात पाएको नारीपन पूर्ण रुपले अंगालेकी छन् । ‘शल्यक्रियापछि मैले मेरो वास्तविक आत्मासँग बलियो सम्बन्ध रहेको महसुस गरेकी छु । ‘मरो आत्मविश्वास दशगुणा बढेको छ र यो मेरो लागि राम्रो हो।,’ उनले ट्वीट गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्