‘ए’ डिभिजन लिग : जावलाखेललाई पराजित गर्दै आर्मीको जित



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेललाई पराजित गर्दै आर्मीले जित निकालेको छ। ललितपुरस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जावलाखेललाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको छ।

आर्मीको जितमा भरत खवासले ७४ औ मिनेटमा निर्णायक गोल गरे । जितसंगै आर्मीले ९ खेलबाट २० अंक जोडेको छ भने जावलाखेल १२ अंक जोडेको छ। सहित लिगको आठौं स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्