क्याट्रिनाको करिअर बचाइदिँदै सलमान



एजेन्सी : क्याट्रिना कैफको करिअर बचाउनका लागि सलमान खानले सुपरहिट फिल्म ‘टाइगर’को सिक्वेल बनाउन यशराज फिल्म्सका आदित्य चोपडालाई आग्रह गरेका छन् । पछिल्लो पाँच वर्षमा एउटा मात्र हिट फिल्म दिएकी क्याट्रिनालाई नयाँ फिल्ममा अफर आउन छाडेको छ । रेमो डिसुजाको फिल्म ‘एबिसिडी’बाट पनि उनलाई निकालिएको छ । 

२०१३ मा धुम–३ सुपरहिट भएपछि क्याट्रिनाको अर्को हिट फिल्म ‘टाइगर जिन्दा है’ हो । उनको फिल्म ब्यांग ब्यांग, फेन्टम, फितुर, बार बार देखो, जग्गा जासुस, ठग्स अफ हिन्दुस्तान र जिरोले बक्स अफिसमा खासै कमाल देखाउन सकेनन् । बलिउडमा यी फिल्मलाई फ्लप मानिएको छ । 

त्यहीकारण सलमान र आदित्य चोपडाले एक था टाइगर र टाइगर जिन्दा है पछि टाइगरको कहानीलाई अगाडि बढाउने चर्चा बलिउडमा छ । सबै कुरा ठीक रहे सलमान र आदित्यले क्याट्रिनाको करिअर बचाउनका लागि फिल्मको सिक्वेल घोषणा गर्न सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्