सुर्खेतमा अज्ञात समूह र प्रहरीले गोली चलाउँदा ८ घाइते



सुर्खेत : सुर्खेतमा अज्ञात समूह र प्रहरीले गोली चलाउँदा ८ जना घाइते भएका छन् ।

मंगलबार बिहान कालिकोट महावै गाउँपालिका–३ सिमखेतका २० वर्षीय केशर सिंहको टिपरले किचेर मृत्यु भएपछि विरोधमा प्रदर्शन भएको थियो ।

प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले भीड नियन्त्रण गर्न गोली चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रहरीले २ राउण्ड हवाई फायर गरेको थियो । भने भीडमा अज्ञात समूहले पनि गोली चलाएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा ८ जना घाइते भएको जनाएको छन् ।

प्रतिक्रिया दिनुहोस्