प्रदेश २ की राज्यमन्त्रीले दिइन् राजीनामा



जनकपुरधाम : प्रदेश २ मा सरकार परिवर्तनको चर्चा चलिरहेका बेला एक राज्यमन्त्रीले राजीनामा दिएकी छिन्।

प्रदेश दुईकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले मंगलबार राजीनामा दिएकी हुन्।

प्रदेश सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै राजीनामा दिएको राज्यमन्त्री झाले प्रतिक्रिया दिएकी छिन्। उनले आफू सरकारको कामबाट सन्तुष्ट नरहेको बताइन्।

सरकारमा मुकदर्शक बनेर रहने बाहेक कुनै काम नभएकाले असन्तुष्ट भएर राजीनामा दिएको उनले स्पष्ट पारिन्। एकलौटी रुपमा प्रदेशसरकारले काम गरिरहेको आरोप उनको छ। अब प्रदेशसभा सदस्य भएर मात्रै आवाज उठाउने उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्