पत्रकार महासंघ पर्साको कार्यसमिति नेतृत्वको नियत ठिक नभएको पूर्व सभापतिको आरोप



वीरगन्ज : नेपाल पत्रकार महासंघ पर्सा शाखाका सल्लाहकार एवम् पूर्व सभापति अशोक तिवारीले पत्रकार महासघंको सदस्य वितरण र शुद्धीकरणको सवालमा वर्तमान कार्यसमिति नेतृत्वको नियत र भूमिका ठीक नभएको आरोप लगाएका छन् । ।

पुर्व अध्यक्ष तिवारीले मंगलबार महासघंको भवनमा पत्रकार सम्मेलनको आयोजना गरि योग्यता पुगेका पत्रकारहरुले सदस्यता पाउनु पर्नेमा काखापाखा गरेर कार्यसमितिका ब्यक्तिहरुले बढी भन्दा बढी मान्छे भित्र्याउने दाउमा रहेको आरोप लगाए ।

महासघंको केन्द्रीय कार्यसमितिले सदस्यताको लागि समयसिमा तोकेको थियो तर महासघं पर्साका नेतृत्वले सदस्यता वितरण बारे सुचना लुकाएको उनको आरोप थियो ।

आवेदन फर्म हस्तान्तरणको दौरान देखिएको तथ्य र गलत मनसायले भने झस्काएको मात्र हैन नैतिकताको आधारमा उक्त पत्रकार सम्मेलन गर्न बाध्य भएको उनले बताए ।

सदस्यताको आवेदनउपर छानबिन तथा सिफासिस कार्यसमिति बाहिरबाट निश्पक्ष र स्वतन्त्र समितिमार्फत भएमा मात्र त्यो भरोसायोग्य हुने उनले बताए ।

कार्यसमितिकै उपाध्यक्ष तिवारी तथा बहुमत सदस्यहरु भएको समितिले छानबिन गरी सिफारिस गर्ने र उनीहरु नै रहेको कार्यसमितिले त्यसउपर निर्णय गर्ने कार्य सन्तुलित नहुने उनले ठोकुवा गरे ।

त्यस कारणले महासंघका पुर्व पदाधिकारीहरु सम्लित एउटा स्वतन्त्र, निश्पक्ष र स्वायत समितिमार्फत नयाँ सदस्यताको निरुपण र पुरानो सदस्यसूची शुद्धीकरण होस भनेर माग गरेका छ्न् ।

प्रतिक्रिया दिनुहोस्