चौथो भगवान् बुद्ध पूजाअर्चना तथा सम्मान कार्यक्रम सम्पन्न



वीरगन्ज : सुन्दर सावित्री स्मृति संस्था वीरगन्जको चौथो भगवान बुद्ध पूजाअर्चना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार वीरगन्ज–१५ भिस्वा डाँडामा चौँथो भगवान् बुद्ध पुजा–अर्चना तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त स्थानीय भोजपुरी भाषामा प्रकाशित हुँदै आएको भोजपुरी टाईम्स दैनिकका प्रकाशक अजय कुमार चौरसिया तथा साग खेल २०१९ का पदक विजेताहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।

चौरसियलाई १५ हजार नगद पुरस्कार राशी सहित सम्मान पत्रले सम्मानित गरिएको हो ।

स्थानीय भोजपुरी भाषामा निरन्तर पत्रकारिता गर्दै आएकोमा चौरसियालाई पुरस्कृत तथा सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।

त्यसैगरी साग खेल २०१९ का पदक विजेता लोक राज बज्रचार्य, विकास थापा, निश्चलमान श्रेष्ठ, नरेश यादव, सरोज यादव, सुमिर कुमार साह लगायतकालाई समेत नगद सहित सम्मान गरेको हो ।

संस्थाकी अध्यक्ष रत्नेश्वरी गोर्खाली श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथी जेष्ठ नागरिक पशुपति बिक्रम शाहले यस संस्थाले बिगतका समय देखि सामाजिक, संस्कृतिक, धार्मिक क्षेत्रमा सक्रिय रुपमा विभिन्न कार्यहरु गर्दै आएकोमा प्रशंसा गरे ।

भ्रमण वर्ष २०२० को अवसरमा पर्सा जिल्लामा रहेका घडिअर्वा पोखरी, भिस्वा डाँडा, शंकराचार्य गेट, घण्टाघर लगायतका धार्मिक पर्यटकिय स्थलहरुलाई विश्व सम्पदा सूचिमा प्रवेश गराउन सरकारसँग माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्