कर्णाली करिडोरको आधा काम सकियो



कालिकोट : कर्णाली करिडोर निर्माण कार्यले तीव्रता पाएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिइएको ‘नर्थ साउथ ग्रोथ एक्सिस’ कर्णाली करिडोरको निर्माण कार्यलाई सेनाले दु्रत गतिमा अघि बढाएको छ। 

एक सय ९६ किलोमिटर लामो करिडोरमध्ये नेपाली सेना र सडक विभागले ९४ किलोमिटर सडक निर्माण गरिसकेको छ। कालिकोटमा ४०, बाजुरामा ४३ र हुम्लामा एक सय १३ किलो मिटर दूरी छ। जसमा ५१ किलोमिटर सडक विभागको र एक सय ४५ किलोमिटर सेनाको भागमा छ। २०५७ सालमा नेपाल सरकारका तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेलले करिडोर शिलान्यास गरेका थिए। 

कालिकोटको खुलालुदेखि हुम्ला सिमिकोटसम्म एक सय ९६ किलोमिटर सडकखण्डले १५ वर्षसम्म पनि गति लिन सकेको थिएन। त्यसपछि स्थानीयको मागअनुसार चार वर्षअघि यसको काम सेनाले पाएको हो।

०७२ चैत ९ गते जिम्मा पाएको सेनाले कडा चट्टान फुटाउँदै चार वर्षमै ७८ किलोमिटर सडकमा गाडी गुडाइसकेको छ। सेनाको कर्णाली करिडोर निर्माण कार्यदलअनुसार कालिकोटखण्डको ४० मध्ये ३८.५, बाजुराखण्डको ४४ मध्ये ४३.५ किलोमिटर सडकमा गाडी गुड्न थालेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्