चेल्सीले न्युक्यासललाई २–१ ले हरायो



एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले न्युक्यासल युनाइटेडलाई २–१ ले पराजित गरेको छ । शनिबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा नवौं मिनेटमा नै चेल्सीले पेड्रोको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो । 

४०औं मिनेटमा न्यु क्यास्टलका क्लार्कले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । 

५७औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन नसक्दा चेल्सी २–१ ले विजयी भयो ।

जितपछि चेल्सीले २२ खेलबाट ४७ अंक जोड्दै चौथो स्थानलाई थप मजवुत बनाएको छ । चेल्सी तेस्रो स्थानको टोटेनहमभन्दा १ अंकले पछि छ । ५७ अंक जोडेर लिभरपुल शीर्षस्थानमा रहेको छ । 

प्रिमियरलिगको अन्य खेलमा फुलहमले बर्नलीलाई २–१ ले हराउँदा कार्डिफ र हडर्सफिल्डले गोलरहित बराबरी खेलेका छन् । क्रिस्टल प्यालेस वाट्फोर्डसँग २–१ ले पराजित हुँदा लेस्टर सिटी पनि साउथह्याम्पटनसँग २–१ ले नै पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्