काठमाडौंका यी ठाउँमा आज दिनभरि बत्ती जाने



काठमाडौं : आज (बुधबार) राजधानीका विभिन्न ठाउँमा दिनभरि बत्ती जाने भएको छ ।

बुधबार बिहान साढे ७ बजेदेखि दिउँसो ५ बजेसम्म महाराजग‌ञ्ज वितरण केन्द्रको बूढानीलकण्ठ फिडरबाट वितरित लाइन काटिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार फिडरअन्तर्गत बसुन्धारा, श्रीटोल लगायतका ठाउँमा विद्युत सेवा अवरुद्ध हुनेछ । निर्धारित समयअघि काम सम्पन्न भए समयअघि नै विद्युत अवरोध हटाइने प्राधिकरणले बताएको छ ।

चक्रपथ विस्तारको लागि रुख कटानको काम भैरहेकोले बत्ती काटिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्