मलेसियाले दियो नेपाललाई ६२ रनको लक्ष्य



काठमाडौं : थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी–ट्वान्टी स्मास क्रिकेटको दोस्रो खेलमा मलेसियाले नेपालसामु ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

 

टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रनमा समेटियो । नेपाली सरिता राना मगर एक्लैले ४ विकेट लिइन्। पहिलो खेलमा चीनलाई हराएको नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ। 

 

 थाइल्याण्ड क्रिकेट एसोसियसनको आयोजनामा जारी प्रतियोगिताको समूह 'ए' मा रहेको नेपालले तेस्रो खेलमा भोली युएई र बुधबार थाईल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्