नेकपा केन्द्रीय सदस्यमा तुम्बाहाङ्फे मनोनित



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्यमा सांसद शिवमाया तुम्बाहाङ्फेलाई मनोनित गरेको छ ।

हिजो (मंगलबार) बसेको नेकपा सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

तत्कालीन उपसभामुख रहेकी तुम्बाहाङ्फेले गत गत माघ ६ गते राजीनामा दिएकी थिइन् । तुम्बाहाङ्फे केन्द्रीय सदस्यमा मनोनित भएसँगै उनलाई आज (बुधबार)बाट शुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने बाटो खुलेको छ ।

\उनी तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् । उपसभामुख बनेपछि पार्टीको सदस्यता त्यागेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्