विद्यालयलमा वडा कार्यालय सञ्चालन, पठनपाठनमा समस्या


तनहुँ : जिल्लाको देवघाट गाउँपालिका–२ स्थित व्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको एउटा कोठामा वडा नम्बर २ को कार्यालय सञ्चालन भइरहेको छ । विद्यालयमै वडा कार्यालय राखिएपछि बालबालिकाको पठनपाठनमा समस्या हुने गरेको छ ।

२०७४ भदौ १८ गते बाट उक्त विद्यालयको कोठामा वडा कार्यालय सञ्चालन गरिएको हो । विद्यालयका प्रअ टेकबहादुर आलेले वडाको अनुरोधमा विद्यालयको एउटा कोठा कार्यालय सञ्चालनकोलागि उपलब्ध गराइएको बताए ।

वडा कार्यालयमा कहिलेकाहि सेवाग्राही धेरै आउने र विभिन्न विषयमा विवादका कुराहरु आउनेहुँदा त्यसले पठनपाठनमा समस्या हुने गरेको प्रअ आलेले बताए ।

गाउँमा वडा कार्यालय राख्नकोलागि उपयुक्त कोठा नपाएको हुँदा विद्यालयसँग अनुरोध गरेर कार्यालय सञ्चालनकोलागि एउटा कोठा मागिएको वडा अध्यक्ष पोलबहादुर आलेले बताए।

वडा अध्यक्ष आले निर्वाचित हुनु अघि सो विद्यालयको प्रअ भएको कारण पनि वडा कार्यालयलाई विद्यालयको कोठा उपलब्ध गराउन सहज भएको प्रअ आलेले जानकारी दिए ।

सबै वडाबासीलाई पायक पर्ने ठाउँमा र सबैको सुविधाका लागि विद्यालयमा कार्यालय सञ्चालन गर्नु बाध्यता रहेको वडा अध्यक्ष आलेले बताए ।

गाउँलेका घरहरु कार्यालय सञ्चालनको लागि उपयुक्त नभएको हुँदा जसोतसो कार्यालय चलाउनु परेको उनले बताए ।

विद्यार्थी पढ्ने कक्षा र वडा कार्यालय एउटै भवनमा जोडिएको कारण पनि कहिले काँही पठनपाठनमा समस्या हुने गरेको वडा अध्यक्ष आलेले स्वीकार गरे । तर, यो भन्दा अन्य विकल्प केही नभएको हुँदा अहिले जसोतसो काम चलिरहेको उनको भनाइ छ ।

वडामा विभिन्न कामहरु लिएर दैनिक करिब पन्ध्र जनाको संख्यामा सेवाग्राहीहरु आउने गरेका छन् । तर, कक्षाको नजिकै कार्यालय भएकाले सेवाग्राही धेरै आउँदा हल्ला नगरी बस्नुस् बालबालिकाको पढाइमा असर पर्छ, तपाइको काम हुन्छ भन्छौं तर, कहिले अत्यन्तै धेरैजना काम लिएर आउँछन् त्यस्तो बेलामा भने बालबालिकाको पढाइ प्रभावित हुने गरेको वडाध्यक्ष आलेले बताए ।

स्थानीय तहको निर्वाचन लगत्तै तालबारी भन्ने ठाउँमा एउटा कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरिएपनि वडावासीलाई अपायक हुने र उनीहरुले आग्रहमा व्यागानमा कार्यालय सञ्चालन गरिएको वडा अध्यक्ष आलेले बताए ।

कक्षा ८ मा अध्ययनरत विद्यार्थी रमेश विकले कहिलेकाही सेवाग्राही धेरै आउँदा हल्ला हुने र पढाईमा बाधा पर्ने बताए ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले तत्कालकोलागि अन्य केही विकल्प नहुँदा विद्यालयमा नै कार्यालय सञ्चालन गरिएको बताए ।

कार्यालयको नयाँ भवनको शिलान्यास समेत भइसकेको र अब एक वर्ष भित्र भवन बनाइसक्ने भएकोले यो समस्या धेरै दिन नहुने उनको भनाइ छ ।

विद्यालयको पठनपाठनमा कुनै असर नगर्ने गरि वडा कार्यालय सञ्चालन गर्न वडा समितिलाई अनुरोध गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए । विद्यालयमा दुई सय १० जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा

स्याङ्जा : स्याङ्जाको दुई ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

काठमाडौं : नेपाल–चीनबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तरम्भ ५८ वर्षपछि फेला परेको छ । ५८

वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् ।

सप्तरी : कोरोना संक्रमणबाट सप्तरीमा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन

स्याङ्जा : लगातारको वर्षासँगै गएको पहिरोमा परि स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने ८

चितवन : लगातारको वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ भने चितवनको जनजीवन प्रभावित भएको

बुटवल : कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना