
काठमाडौं : दशैँ मनाउन राजधानीबाट मोटरसाइकलमा घरतर्फ लागेका एक दम्पती सवार मोटरसाइकललार्इ काठमाडौंको नैकाप ओरालोमा ट्रकले ठक्कर दिएको छ ।
शनिबार साँझ राजधानीबाट बाहिरिने क्रममा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा पतिको ज्यान गएको छ भने पत्नी गम्भीर घाइते भएकी छन्।
महानगरीय प्रहरी परिसरका डीएसपी होबिन्द्र बुढाथोकीले दिएको जानकारी अनुसार बा७९प नम्बरको मोटरसाइकललाई ना६प ३०४१ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।
त्यसक्रममा मोटरसाइकलमा घर गइरहेका स्याङ्जाको पिँढीखोलाका पुन थापाको ज्यान गएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी बोगटीका अनुसार उनको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो ।
त्यही दुर्घटनामा गम्भीर घाइते बनेकी पुनकी पत्नी दिव्या थापाको वीर अस्पतालमा उपचार भइरहेको छ थापाले जानकारी दिएका छन्।