सेलेनाको खुलासाः ‘जस्टिनसँग सम्बन्धमा हुँदा शोषणको सिकार भएकी थिए’



एजेन्सी : अमेरिकी गायिका सेलेना गोमेजले पूर्व प्रेमी तथा चर्चित पप गायक जस्टिन बीबरसँग सम्बन्धमा रहँदा शोषणको सिकार भएको खुलासा गरेकी छिन् ।

उनले बीबरसँग सम्बन्धमा रहँदा गोमेजलाई ‘भावनात्म शोषण’ गरेको बताएकी हुन् । सीएनएन डट कमको एक रिपोर्टको अनुसार पोर्टल एनपीआरसँगको साक्षात्कारमा गोमेजले बीबरसँगको सम्बन्धमा भएको खटपट र २०१८ मार्चमा उनीसँगको ब्रेकअपको बारेमा चर्चा गरेकी थिइन् ।

उनले भनिन्, ‘मलाई त्यही कुराबाट हिम्मत जुटेको थियो । एकजना पीडित मानसिकतालाई लिएर हिँडिरहनु निकै खतरनाक हुन्छ । र अपमानित भएको महसुस नगरी भन्न चाहान्छु कि म दुर्व्यवहारको सिकार भएकी थिए ।’

‘के तपाईं भावनात्म शोषणको सिकार हुनुभएको हो त ?’ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘हो, मेरो गीत ‘लुज यु टु लव मी’ पनि बीबरसँगको विछोडको बारेमा नै गाएकी हुँ । मलाई यसमा निकै गर्ब छ ।’

उनले अगाडि भनिन्, ‘जब मैले यो गीत लेखेँ । मैले सोचेकी थिए कि सबै कुराहरु सम्मानपूर्वक समाप्त हुनेछ तर आज आएर यो सबै सकिएको अनुभव भइरहेको थियो ।’

प्रतिक्रिया दिनुहोस्