ओमले सेयरधनीलाई बोनस दिने



काठमाडौं : ओम डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई १२.७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । बैंकको पुस २७ गते सम्पन्न सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर दिने निर्णय गरेको हो ।

 

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ छ । बोनस वितरणपछि बैंकको २ अर्ब ८३ करोड ४६ लाख ६९ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

अघिल्लो वर्ष बैंकले सेयरधनीलाइ १७.६९ प्रतिशत बोनस वितरण गरेको थियो । यति बेला ओम प्राइम बैंकमा गाभिने तयारीमा छ । यसबारे राष्ट्र बैंकले प्राइमलाई सैद्धान्तिक सहमति दिइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्