तालिवानी लडाकूको आक्रमणबाट अफगानिस्तानमा १३ सुरक्षाकर्मीको मृत्यु



एजेन्सी : तालिवानी विद्रोहीको आक्रमणमा परी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा कम्तीमा १२ सैनिक र एक प्रहरीको मृत्यु भएको प्रहरीले बुधबार जानकारी गराएको छ ।

“बुधबार बिहानको समयमा भएको आक्रमणमा तालिवान लडाकूको एक समूहले साना र ठूला हतियारको प्रयोग गरी आर्ची जिल्लाको सदरमुकाममा आक्रमण गरेका र घटनामा १२ सैनिक र एक प्रहरीको घटनास्थलमा नै मृत्यु भएको छ,” प्रान्तीय परिषद्का सफिउल्लाह अमिरीलाई उद्धृत गरी स्थानीय एरिआना न्यूज टेलिभिजनले बताएको छ ।

घटनामा आठ सैनिक र चार प्रहरी घाइते भएका र उनीहरूलाई उपचारका लागि पठाइएको छ ।

आर्चीका जिल्ला प्रमुख नसरूद्दिन नाजारी सादीले उक्त घटनामा १५ तालिवानी विद्रोहीको मृत्यु भएको र पाँच लडाकू घाइते भएका बताएका छन् । भिडन्त करिब चार घण्टासम्म भएको बताइएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्