जनसांस्कृतिक महासङ्घको सातै प्रदेशको नेतृत्व चयन



काठमाडाैं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कलाकर्मीको सङ्गठन जनसांस्कृतिक महासङ्घले सातै प्रदेशको नेतृत्व टुङ्गाएको छ । केन्द्रमा महासङ्घ र मातहतका घटक सङ्गठनको एकता प्रक्रिया सम्पन्न भएपछि महासङ्घले प्रदेशको नेतृत्व चयन गरेको हो ।

सोअनुसार प्रदेश नं १ का संयोजकमा जेबी थुलुङ र सहसंयोजकमा अनुशा राई, प्रदेश २ का संयोजकमा रमेशरञ्जन झा र सहसंयोजकमा हिसन समाल, वाग्मती प्रदेश संयोजकमा केशर कालीकोटे र सहसंयोजकमा नारायणमान श्रेष्ठ चयन भएका छन ।

यस्तै गण्डकी प्रदेश संयोजकमा मनकुमार श्रेष्ठ र सहसंयोजकमा सुशीला क्षेत्री र प्रदेश नं ५ का संयोजकमा इन्द्र विक र सहसंयोजकमा सिन्धु जलेसा, कर्णाली प्रदेश संयोजकमा भीम कुमाखी र सहसंयोजकमा खडक भट्टराई, सुदूरपश्चिम प्रदेशका संयोजकमा भुवन रिजाल र सहसंयोजकमा समुद्र चन्द चयन भएका छन । महासङ्घ केन्द्रको बैठकले नेतृत्व चयनका साथै विभिन्न निर्णयसमेत गरेको छ ।

महासङ्घले जिल्ला नेतृत्व पनि छिट्टै टुङ्ग्याउने जनाएको छ । “सांस्कृतिक गतिविधि सञ्चालन गर्न दुईमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ”, संयोजक खगेन्द्र राईले भने, “ प्रगतिशील साहित्यिक, सांस्कृतिक गतिविधिलाई बढाउँदै लैजाँदै छौँ ।” महासङ्घले आगामी फागुन १ गते जनयुद्ध दिवस मनाउने तथा चैत ५ गते अनेकोट, भावाङलगायतका सांस्कृतिक शहीदको स्मृतिमा कार्यक्रम गर्ने निर्णय गरेको सहसंयोजक सरल सहयात्रीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्