हिउँदे झरीसँगै बढ्यो चिसो


डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा मङ्गलबारदेखि लगातर परेको हिउँदे झरीसँगै बढेको चिसोले डडेल्धुराको जनजीवन प्रभावित भएको छ ।

सदरमुकाम अमरगढीलगायतका क्षेत्र आउने पर्यटक प्रभावित भएका छन् भने झरीपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको छ ।

मङ्सिरयता डडेल्धुरामा चार पटक बाक्लो हिमपात भइसकेको छ । यस वर्ष हिमपातले अत्यधिक चिसो बढेपछि उच्च पहाडी क्षेत्रका खर्कबाट नै बेँसीतिर झरिसकेका छन् । मङ्सिरदेखि फागुनको अन्तिम सातासम्म यहाँका बस्तीमा बाक्लो हिमपात हुन्छ ।

डडेल्धुराको उच्च पहाडी तथा लेकाली भागमा तीन फिटसम्म हिउँ पर्छ । वर्षाका कारण सदरमुकाम खलङ्गामा चिसो बढेकाले पशुचौपायालाई चरनका लागि समस्या भएको स्थानीयवासीले बताएका छन् । मौसम यस्तै रहे रातिसम्म सदरमुकाममा हिमपात हुनसक्ने जल तथा मौसम फिल्ड कार्यालय डडेल्धुराका प्रमुख सुनारले बताए ।

मार्तडी– यहाँस्थित उच्च हिमाली भेगमा फेरि हिमपात र वर्षा शुरु भएको छ । एक महिनापछि सञ्चालनामा आएको मार्तडी–कोल्टी सडकखण्ड वर्षासँगै हिमपात भएपछि पुनः अवरुद्ध बनेको छ ।

बडिमालिका र बूढीनन्दा नगरपालिकामा पर्ने पोरखे लेकमा हिउँ पर्न थालेपछि बाजुरा सदरमुकाम मार्तडीबाट कोल्टीसम्मका जिप र ट्र्याक्टर चल्न सकेका छैनन् । जिल्लाका उच्च हिमाली क्षेत्रमा मङ्गरबारबाट फेरि हिमापात शुरु भएको हो । हिमपातका कारण जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।

बडिमालिका बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको एक महिनापछि बडिमालिका नगरपालिकाले डोजर लगाएर हिउँ हटाएको हप्ता दिन नबित्दै सडक अवरुद्ध बनेको छ ।

पोरखे लेकको हिउँ हटाएको चार दिनपछि उक्त क्षेत्रमा हिमपात भएपछि अवरुद्ध बनेको बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले बताउनुभयो । वर्षा र हिमपातले सडक पूर्णरूपमा बन्द भएको र आवतजावत पनि बन्द भएको उपप्रमुख विष्टले राससलाई बताए ।

जिल्लाको मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत एक महिना अगाडिदेखि परेको हिउँ पन्छाएर बाटो खुलाएको सडक बन्द भएपछि पूर्वी क्षेत्रमा आवतजावत गर्न समस्या भएको उपप्रमुख विष्टको भनाइ थियो । उनले बडिमालिका नगरपालिको सहयोग वडा कार्यालयको समन्वयमा एक महिनादेखि परेको हिउँ हटाएर बाटो खुलाएको बताए।

अवरुद्ध बनेको सडक क्षेत्रको बाक्लो हिउँ नगरपालिकाले पन्छाएर जिप तथा मालवाहक सवारी साधन चलेको चार दिनपछि पोरखे लेकमा पुनः हिमपात भएपछि यातायात सेवा बन्द भएको जय मालिका यातायातका सचिव देवेन्द्र नाथले बताउनुभयो । मङ्सिर २७ गते पहिलोपटक हिमपात भएको थियो । त्यसपछि पटक–पटक गरेर सातौँ पटक जिल्लाका उच्च भूभागमा हिउँ परेको छ ।

पोरखेलेकमा हिउँ जम्न थालेपछि हिँडडुलमा समस्या भएको बडिमालिका नगरपालिका–७ रजातोलीका स्थानीय श्रीचन्द्र पाध्यायले बताए । मार्तडीबाट कोल्टीका लागि जाने सवारीसाधान रोकिएका छन् । हिमपातका कारण ग्रामीण भेगका कच्ची सडक हिलाम्मे भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको यातायात व्यवसायी चक्र बडुवालले बताए ।

पटक–पटक वर्षासँगै हिमपात भएपछि यहाँको जनजीवन नराम्ररी प्रभावित बनेको छ । वर्षा र हिमपातका कारण जिल्लामा अत्यधिकरूपमा चिसो बढेको छ । चिसोका कारण यहाँका बालबालिका, वृद्धवृद्धा बढी प्रभावित बनेका छन् ।

वर्षासँगै हिमपात भएपछि जङ्गली जनावरको चोरी सिकारी बढ्ने गरेको छ । चिसोबाट बच्नका लागि पशुपक्षी गोठतिर आउने गरेको मौका पार्दै स्थानीयवासीले जङ्गली जनावरको चोरी सिकारी गर्ने गरेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

सिन्धुली : सिन्धुलीमा एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं : एसिड आक्रमणका तीन जना युवती र एक पुरुषले रोजगारी पाएका छन् । एसिड

नेपालगञ्ज : कोरोना संक्रमणबाट नेपालगञ्जमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का

बझाङ : बझाङको मस्टा–२ खिकाला गाउँकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको पुष्टि भएको

विराटनगर : विराटनगरको कोशी अस्पतालमा झापाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगरको कोशी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले पराजित

काठमाडौं : बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको विरोधमा संघीय राजधानी काठमाडौमा प्रदर्शन

काठमाडौं : सरकारले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय नखोल्न आग्रह गरेको छ

बझाङ : बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । बाजे

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको